Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ०५ : ४७ मा प्रकाशित

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज श्रावण ९ गते, सोमबार बाँडफाँड हुने भएको छ ।

उक्त साधारण सेयर (आईपीओं) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौँमा हुनेछ । कम्पनीको आईपीओको प्रीअलोटमेन्ट गत बिहीबार सम्पन्न भएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६ सय ८८ जना लगानीकर्ताहरूले १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रूपैयाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख २० हजार ९ सय ९४ जना लगानीकर्ताको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको