Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको आईपिओ बाँडफाँडः लक्की नम्बर ६

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १० : १३ मा प्रकाशित

राप्ती हाइड्रोको आईपिओ बाँडफाँडः लक्की नम्बर ६

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।  उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ  क्यापिटल लिमिटेडको कार्यालयमा बिहान सम्पन्न भएको हो । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ६ रहेको छ । ६ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको हो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता  सेयर हात पारेका छन्  । बाँकी १३ लाख २० हजार ९ सय ९४ जना लगानीकर्ताको भने हात खाली हुनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६ सय ८८ जना लगानीकर्ताहरूले १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रूपैयाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । 

62de1e26e9c73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको