Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, ०७ : १० मा प्रकाशित

राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बुधबारदेखि नेप्सेमा दोस्रो बजार कारोबार सुरु हुने भएको छ । 

कम्पनीको आईपिओ मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्। 

नेप्सेले यो कम्पनीलाई RHGCL कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको थियाे । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको