Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ०७ : २२ मा प्रकाशित

राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

राधी बिद्युत कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साउन ८ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा साउन ३० गते कम्पनीको कार्यलय त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले प्रकाशन गरेको सूचनाः

62ddf433c4933.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको