Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट एसईईको नतिजा नि:शुल्क हेर्न सकिने

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १२ : २३ मा प्रकाशित

खल्तीबाट एसईईको नतिजा नि:शुल्क हेर्न सकिने

खल्तीले एसईई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । यस सहकार्यसँगै अब एसईई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र नि:शुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन्। 

नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन। 

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “एसएलसीको नतिजा पत्रिकामा हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएसबाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो। अहिले हामी खल्ती एपबाटै नि:शुल्क नतिजा हेर्न मिल्ने समयसम्म आईपुगेका छौं र यो प्रविधिमा ठुलो रूपान्तरण हो।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको