Like us!
Follow us!
Connect us!
Watch us!

रिकभर भयाे बहुचर्चित अर्थ मन्त्रालयको सीसीटीभी फुटेज, संसदीय समितिकाे बैठक बस्दै

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १२ : १० मा प्रकाशित

रिकभर भयाे बहुचर्चित अर्थ मन्त्रालयको सीसीटीभी फुटेज, संसदीय समितिकाे बैठक बस्दै

 अर्थ मन्त्रालयको जेठ १४ गतेको बहुचर्चित सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।

प्रहरीले समितिलाई बुझाएको एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु छन् । श्राेतका अनुसार ती क्लिपहरु स्पष्ट नदेखिने खालका छन् । आज अपराह्न ४ बजे समितिको बैठक बस्नेछ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारे जानकारी लिएर स्पष्ट हुने बताइएकाे छ ।

जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि विवादमा तानिएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि झनै चर्काे आलोचनामा परेका थिए । त्यसैबीच उनले असार २२ गते, बुधबार संसदमा सम्बाेधन गर्दै राजीनामा दिएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको