Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

नेप्से

मंगलबार, १० साउन २०७९, १५ : १७ मा प्रकाशित

सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । माैद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार लगातार बढिरहेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता अनम केसीले बताएका छन् । यसअघि तल्लाे विन्दुमा सेयर किनेका लगानीकर्ताहरूले अहिले सेयर बेचेर नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएकाे उनकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेकाे छ । नेप्से २.१० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.९९ अंकले घटेर ३९८.३९ विन्दुमा पुगेको छ ।

कूल २२२ वटा कम्पनीकाे ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३ सय ९८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै अन्य उपसमूह घटेकाे छ ।

मंगलबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड ३६ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.३२ प्रतिशतले बढेर ३ सय ३२ रूपैयाँ पुगेकाे छ ।

आज गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.८२ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २५ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको