Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक, काराेबार रकममा उछाल

नेप्से

विहीबार, १२ साउन २०७९, १५ : ०९ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक, काराेबार रकममा उछाल

आज (बिहीबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । आज झण्डै ५ अर्बकाे काराेबार भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेकाे छ । नेप्से ०.७३ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७० अंकले बढेर ४०५.६२ विन्दुमा पुगेकाे छ । 

कूल २२१ वटा कम्पनीकाे १ कराेड १९ लाख ५५ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय ५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

 

बिहीबार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ९६ लाख ८६ हजार ६ सय १२ रूपैयाँ २० पैसा बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बिन्ध्याबासिनी हाइड्राेपावर कम्पनी लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य पनि ९.८९ प्रतिशतले बढेर ३ सय ९८ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यस दिन राधी विद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.९१ प्रतिशतले घटेर ६ सय १५ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको