Like us!
Follow us!
Connect us!
Watch us!

टुकुचा किनारका टहरा हटाउन काठमाडौं महानगरपालिकालको ३५ दिने सूचना जारी

अर्थ संसार

विहीबार, १२ साउन २०७९, २१ : १८ मा प्रकाशित

टुकुचा किनारका टहरा हटाउन काठमाडौं महानगरपालिकालको  ३५ दिने सूचना जारी

काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो ।

घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनन अनुरोध गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको