Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको प्रतिक्रियाः ‘बोर्डको नीति तथा कार्यक्रम कागजको खोष्टा मात्र नबनोस्’

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, ११ : १४ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले विहिबार चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहिबार बोर्डका अध्यक्ष हमालले ६३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बोर्डको उक्त नीति तथा कार्यक्रममा यस सम्बद्ध विभिन्न निकायहरुको मिश्रित प्रतिक्रिया आइरहेकोछ । 

बोर्डको यो पटकको नीति तथा कार्यक्रमले पनि विगतकै कार्यक्रमहरुलाई निरन्तर दिएकाले यो पटक यो नीति तथा कार्यक्रम कार्यन्यनमुखी हुनुपर्नेमा सरोकारवालाहरुको जोड छ । विगतको नीति तथा कार्यक्रमले समेटेका कुराहरु कार्यन्यन हुन नसक्दा ती कार्यक्रमहरु यो पटक पनि समावेश भएको भन्दै उनिहरुले यो पटक भने बोर्डको नीति तथा कार्यक्रम कार्यन्वयन हुने आशा समेत व्यक्त गरे । 

नीति तथा कार्यक्रम आफैमा पुर्ण नभएपनि यसको कार्यन्यन हुनुपर्नेमा जोड दिन्छिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रल । ‘हाम्रो देशको सबैभन्दा ठुलो समस्या भनेको नीति नियम नहुनु भन्दा पनि त्यसको प्रभावकारी कार्यन्यन नहुनु हो त्यसैले यो पटक बोर्डले ल्याएको नीति तथा कार्यक्रम बजारको विकास विस्तारका लागि कोशेढुंगाा सावित होस् भन्ने हाम्रो अपेक्षा हो’ पोख्रेलले भनिन् । 

‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै अहिले लगानीकर्ताको अवस्था छ विभिन्न निकायहरुको नियोजित प्रहारले अहिले पनि लगानीकर्ताहरु त्रसित अवस्थामा छन्’ पोख्रेलले भनिन् ‘धितोपत्र बोर्ड र यसको नयाँ नेतृत्वसंग लगानीकर्ताका अपेक्षाहरु पनि धेरै छन् लगानीकर्ताको हितका लागी बोर्ड खरो रुपमा उत्रोस् भन्ने हाम्रो चाहाना छ ।’

धितोपत्र बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रम लगानीकर्ताको हितमा रहेको बताउछन् सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल । ‘धितोपत्र बोर्डको नीति तथा कार्यक्रम पक्कै पनि लगानीकर्ताहरुको हितमा छ विगतमा बोर्डले योजनाहरु त ल्याउने तर त्यसको कार्यन्वयन नगर्ने समस्या थियो तर बोर्डका नयाँ अध्यक्षले जसरी टाइमफ्रेम तोकेर २-४ वटा कामहरु गरेर देखाउनु भएको छ त्यसले गर्दा हामि केहि विश्वस्त छौ’ फुल्लेलले भने ।

धितोपत्र बोर्डले विगतमा ल्याउने गरेको नीति तथा कार्यक्रम र अहिलेको नीति तथा कार्यक्रममा खासै भिन्नता नरहेको बताउछिन् नेपाल इन्भेष्टर फोरमकी महासचिव दुर्गा तिवारी । ‘विगतका नीति तथा कार्यक्रममा आएका धेरै कुराहरु यो पटकको नीति तथा कार्यक्रममा समेत समावेश भएका छन् कतिपय कार्यक्रम र योजनाहरु त विगतको ८-१० बर्षदेखि चलिरहेकै इस्युहरु छन्’ उनले भनिन् ‘जसरी यो नीति तथा कार्यक्रमले यो बर्ष यस्ता यस्ता कामहरु गर्ने भनेर तोकेको छ ती कामहरु कार्यन्वयन होस् भन्ने हाम्रो अपेक्षा हो त्यस्तै लगानीकर्ताहरुका कतिपय मागहरुलाई भने बोर्डको नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन ।’

‘समग्रमा नीति तथा कार्यक्रमलाई मैले नराम्रो भन्न खोजेको होईन राम्रै छ तर यसको कार्यन्वयनमा मात्र हाम्रो आशंका हो’ तिवारीले भनिन् ‘अहिले बजारमा गैरकानुनी रुपमा सर्टसेल समेत भइरहेको गुनासो आइरहेको छ त्यस्तै गानीकर्ताहरुको गोपनियकताको हक समेत उल्लंघन भइरहेको छ कुन लगानीकर्ताले कुन सेयर किन्यो भन्ने हल्ला बजारमा कसरी आँउछ यो सूचना कसले चुहावट गरिरहेको छ त्यसतर्फ बोर्डको ध्यान जानु जरुरी छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको