Like us!
Follow us!
Connect us!
Watch us!

अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, ११ : ४० मा प्रकाशित

अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको