Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीतिले बढायाे लगानीकर्ताकाे मनाेबल, सातामै १२२.९३ अंकले बढ्याे नेप्से

नेप्से

शुक्रबार, १३ साउन २०७९, १३ : ०५ मा प्रकाशित

माैद्रिक नीतिले बढायाे लगानीकर्ताकाे मनाेबल, सातामै १२२.९३ अंकले बढ्याे नेप्से

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा २ अर्ब बढीकाे काराेबार भएकाे छ । माैद्रिक नीतिले लगानीकर्ताहरूकाे मनाेबल बढाएकाे छ । एक सातामै नेप्से परिसूचक १२२.९३ अंकले बढेकाे छ । गत साता नेप्से परिसूचक २०१७.४६ काे विन्दुमा थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४०९.५३ विन्दुमा पुगेकाे छ । 

कूल २१६ वटा कम्पनीकाे ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

शुक्रबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ८६ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.४८ प्रतिशतले घटेर ४ सय १३ रूपैयाँ १० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको