Like us!
Follow us!
Connect us!
Watch us!

ज्यान धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १३ : ३७ मा प्रकाशित

ज्यान धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।

प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।

सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँडने गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको