Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको नाफामा सामान्य गिरावट, ३० प्रतिशतले बढ्यो रिजर्भ

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०६ : ५३ मा प्रकाशित

साधना लघुवित्तको नाफामा सामान्य गिरावट, ३० प्रतिशतले बढ्यो रिजर्भ

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा सामान्य गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ११ करोड ७० लाख हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १९ प्रतिशतले बढेर २८ करोड ८७ लाख ७७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २४ करोड २६ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने २.६४ प्रतिशतले घटेर १४ करोड ८० लाख ५० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १५ करोड २० लाख ७१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा १७ करोड ५७ लाख २९ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ३०.७८ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको