नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार बैंककाे १६ प्रतिशत बाेनस बापतकाे ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
बैंकको चैत्र १८ गते, शुक्रबार सम्पन्न भएकाे पन्ध्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस