Like us!
Follow us!
Connect us!
Watch us!

हरियाे भएरै बन्द भयाे नेप्से, दिनहुँ बढ्दै काराेबार रकम

नेप्से

सोमबार, १६ साउन २०७९, १५ : ०५ मा प्रकाशित

हरियाे भएरै बन्द भयाे नेप्से, दिनहुँ बढ्दै काराेबार रकम

आज (साेमबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । दिनभर घट्दै बढ्दै गरीरहेकाे सेयर बजार अन्त्यमा बढेर नै बन्द भएकाे हाे । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.०९ अंकले बढेर २१९६.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.०५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.९७ अंकले बढेर ४२१.१७ विन्दुमा पुगेकाे छ ।

कूल २१७ वटा कम्पनीकाे एक कराेड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार पनि शिवम् सिमेन्टकै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३८ कराेड ३१ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

आज बुटवल पावर कम्पनी लिमिटेडकाे नाफा सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे नाफा ६.९५ प्रतिशतले बढेर ३ सय ७१ रूपैयाँ पुगेकाे छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.२९ प्रतिशतले घटेर ११ हजार ४ सय ६० रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको