Like us!
Follow us!
Connect us!
Watch us!

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको गिरावट : जानकार भन्छन्, "प्राेफिट बुकिङले गर्दा करेक्सन आयाे"

नेप्से

मंगलबार, १७ साउन २०७९, १५ : १० मा प्रकाशित

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको गिरावट : जानकार भन्छन्, "प्राेफिट बुकिङले गर्दा करेक्सन आयाे"

आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । तीव्र उतारचढावबीच अन्त्यमा नेप्सेमा झिनाे गिरावट देखिएकाे छ । 

गत मंगलबारपछि लगातार बढीरहेकाे बजारमा आज लगानीकर्ताहरूले प्राेफिट बुक गर्दा करेक्सन देखिएकाे सेयर बजारका जानकार सिद्धान्त चालिसेले बताए । अर्थ संसारसँग कुरा गर्दै उनले भने, "याे एक हप्तामा नेप्से १०५.२७ अंकले बढेकाे थियाे । त्यसपछि आज २.८१ अंकले घट्याे । याे भनेकाे एकदमै सामान्य हाे । बढेपछि घट्ने घटेपछि बढ्ने त बजारकाे नियम नै हाेनी । आज लगानीकर्ताहरूकाे प्राेफिट बुकिङले गर्दा करेक्सन आयाे । अहिलेकाे अवस्थामा डराउनु पर्ने छैन । बजार अन्तत बढ्ने नै हाे ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेकाे छ । नेप्से ०.१३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेकाे छ ।

कूल २१७ वटा कम्पनीकाे ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २९ कराेड ३२ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

मंगलबार ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन्ध्याबासिनी हाइड्राेपावर, सामलिङ्ग पावर र हिमाल दाेलखा हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको