Like us!
Follow us!
Connect us!
Watch us!

१२ प्रतिशतले बढ्यो प्राइम कमर्सियल बैंकको मुनाफा, २ अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०६ : १२ मा प्रकाशित

१२ प्रतिशतले बढ्यो प्राइम कमर्सियल बैंकको मुनाफा, २ अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य

प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा सामान्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २६ करोड ८४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ९४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ९४ करोड ८८ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ११.७७ बढेर ५ अर्ब २३ करोड ६९ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब ६८ करोड ५३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ११.८९ प्रतिशतले कम हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ३२ पैसाबाट घटेर १९ रूपैयाँ ७३ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको