Like us!
Follow us!
Connect us!
Watch us!

भदौ ६ गतेबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्दै बरुण हाइड्रोपावर

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०६ : २५ मा प्रकाशित

भदौ ६ गतेबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्दै बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, साउन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको हकप्रदमा भदौ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको