Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रापावरको हकप्रद बाँडफाँड सम्पन्न, सेयर अभौतिकीकरण गराउन सेयरधनीलाई आग्रह

अर्थ संसार

विहीबार, २७ असोज २०७९, ०७ : ०७ मा प्रकाशित

बरुण हाइड्रापावरको हकप्रद बाँडफाँड सम्पन्न, सेयर अभौतिकीकरण गराउन सेयरधनीलाई आग्रह

बरुण हाइड्रापावर कम्पनी लिमिटेडले भदौ ६ गतेबाट भदौ ३१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर असोज २६ गते बुधबार बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । रितपूर्वक आवेदन दिने सेयरधनीहरूलाई सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

आफ्नो सेयर मिति २०७९ साउन १ गतेसम्म धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकप्रद शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र (No Objection Letter) प्राप्त भए पश्चात् मात्र सम्बन्धित हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6347691eb4535.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको