Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे काराेबार रकम, टर्नओभरमा शिवम् सिमेन्टकाे अग्रता कायमै

नेप्से

बुधबार, १८ साउन २०७९, १५ : ०५ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे काराेबार रकम, टर्नओभरमा शिवम् सिमेन्टकाे अग्रता कायमै

आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचक घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा झरेकाे छ । नेप्से ०.३१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६४ अंकले घटेर ४२०.४९ विन्दुमा झरेकाे छ ।

कूल २१८ वटा कम्पनीकाे ९५ लाख ४२ हजार ६ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजार २ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड ३४ लाख ३० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

बुधबार २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बलेफी हाइड्राेपावर र सामलिङ्ग पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ५६ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको