Like us!
Follow us!
Connect us!
Watch us!

गत आर्थिक वर्षको वित्तिय विवरणः जीवन विकास र महिला लघुवित्त, कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १२ : ०७ मा प्रकाशित

गत आर्थिक वर्षको वित्तिय विवरणः जीवन विकास र महिला लघुवित्त, कुन सूचकमा कुन बलियो ?

गत वर्ष मात्र आईपीओ निष्कासन गरेर सर्वाधिक चर्चा कमाएका महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

हामीले यी दुई संस्थाहरूको वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छौँ । यी दुई संस्थाहरूको वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा महिला लघुवित्त अब्बल देखिएको छ । चुक्ता पूँजी बढी भएको संस्था भएकाले जीवन विकासको खुद नाफा र ब्याज आम्दानी र जगेडा कोषको आकार भने महिला लघुवित्तको तुलनामा ठुलो देखिन्छ ।  

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरिसकेको छ भने जीवन विकास लघुवित्तले पनि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

साधारण सेयर(आईपिओ) जारी गरेको पहिलो बर्षमै आकर्षक लाभांश वितरण गरेको र बलियो वित्तिय अवस्था रहेका कारण पनि कम्पनीको चर्चा बढी हुने गर्दछ । कम्पनीहरुले भर्खरै प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तिय विवरणका आधारमा प्रमुख वित्तिय सूचकहरुको विश्लेषण गर्दा जीवन विकास लघुवित्तको तुलनामा महिला लघुवित्त केही बलियो देखिन्छ ।

चुक्ता पूँजीको आधारमा

चुक्ता पूँजीको आधारमा जीवन विकास लघुवित्त महिला लघुवित्त भन्दा अगाडी छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ छ । यता महिला लघुवित्तको चुक्ता पूँजी भने १४ करोड ७५ लाख रूपैयाँ छ ।

जगेडा कोषको आधारमा

असार मसान्तसम्ममा जीवन विकास लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ सञ्चित छ । यता महिला लघुवित्तको जगेडा कोषमा २९ करोड ८३ लाख ४० हजार रूपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि जीवन विकास लघुवित्त नै अब्बल छ । 

खुद नाफा

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

खुद व्याज आम्दानी

पौष मसान्तसम्ममा जीवन विकास लघुवित्तले १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ करोड ८७ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो सूचकमा पनि जीवन विकास लघुवित्त अघि छ ।

सञ्चालन नाफा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जीवन विकास लघुवित्तले ८१ करोड ७२ लाख ४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । 

प्रतिसेयर आम्दानी 

पौष मसान्तसम्म जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ७५ रुपैयाँ ६० पैसा पुगेको छ । यता महिला लघुवित्तको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म महिला लघुवित्तको प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा पुग्दा जीवन विकास लघुवित्तको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात (पीइ रेसियो)

समिक्षा अवधिमा महिला लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ भने जीवन विकास लघुवित्त मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ । 

खराब कर्जा(एनपिएल)

एनपिएल जीवन विकास लघुवित्तको तुलनामा महिला लघुवित्तको बढि देखिन्छ । महिला लघुवित्तको एनपिएल १.९१ प्रतिशत रहेको छ भने जीवन विकास लघुवित्तको एनपिएल ०.९१ प्रतिशत रहेको छ । 

62eb631be20ce.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको