सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेकाे छ । यता काराेबार भएका सबै समूह पनि राताम्मै छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेकाे छ । नेप्से १.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.२५ अंकले घटेर ४१२.२५ विन्दुमा झरेकाे छ ।
कूल २१५ वटा कम्पनीकाे ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।
बिहीबार पनि शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड २२ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ६२ रूपैयाँ ६० पैसा पुगेकाे छ ।
यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५२ प्रतिशतले घटेर ७ सय ६९ रूपैयाँमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस