Like us!
Follow us!
Connect us!
Watch us!

७० प्रतिशत सेयर कारोबार उधारोमा

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०८ : ०६ मा प्रकाशित

नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले नेपालमा अहिले ७० प्रतिशत सेयर कारोबार उधारोमा हुने गरेको बताएका छन् । विहिबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को आयोजनामा भएको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहिमा पर्ने बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत व्यक्त गरे । 

सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए ।

मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको