Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा निरन्तरता, गुड न्यूजले पनि बढाएन लगानीकर्ताकाे मनाेबल

नेप्से

शुक्रबार, २० साउन २०७९, १३ : १४ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा निरन्तरता, गुड न्यूजले पनि बढाएन लगानीकर्ताकाे मनाेबल

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजार दाेहाेराे अंकले घटेकाे हाे ।

गुड न्यूजले पनि लगानीकर्ताहरूले मनाेबल बढाउन सकेकाे देखिएन । सरकारले चुनावकाे मिति घाेषणा गरेकाे छ । यता बैंकर्स संघले पनि यतिबेलै तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाे छ । यस्ताे अवस्थामा बजार बढ्नुपर्ने जानकारहरूकाे प्रक्षेपण थियाे । तर त्यसकाे विपरित बजार भने घटेर नै बन्द भयाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० विन्दुमा झरेकाे छ । नेप्से १.६२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.९१ अंकले घटेर ४०६.३४ विन्दुमा झरेको छ । 

कूल २१३ वटा कम्पनीकाे ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, शुक्रबार पनि काराेबार रकममा शिवम् सिमेन्टले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे १५ कराेड ६६ लाख २९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९१ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेकाे छ ।

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.१८ प्रतिशतले घटेर ४ सय ७८ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको