Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

अर्थ संसार

सोमबार, २३ साउन २०७९, ०५ : ५७ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले  जानकारी दिए ।

प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्र्तराष्ट्रियस्तरसँग सिधा जोडिनेछ । 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको