Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो !

नेप्से

सोमबार, २३ साउन २०७९, १५ : ०१ मा प्रकाशित

आइतबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो !

आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजार दाेहाेराे अंकले घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेकाे छ । नेप्से ०.८३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा झरेको छ । 

कूल २१४ वटा कम्पनीकाे ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र उत्पादन तथा प्रषाेधनबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै अन्य समूह घटेकाे छ ।

त्यसैगरी, साेमबार पनि काराेबार रकममा शिवम् सिमेन्टले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे २० कराेड ७१ लाख ६८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । हिमालयन हाइड्राेपावर र गुराँस लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.३१ प्रतिशतले घटेर ४ सय ४४ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको