Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनी भ्यालुएसनको अंकगणित : यसरी तय हुन्छ सेयरकाे मूल्य !

धिरज पौड्याल

सोमबार, २३ साउन २०७९, १६ : ०९ मा प्रकाशित

कम्पनी भ्यालुएसनको अंकगणित : यसरी तय हुन्छ सेयरकाे मूल्य !

कम्पनीको भ्यालुएसन कम्पनीको इकोनोमिक भ्यालु पत्ता लगाउने प्रक्रिया हो । कम्पनीको भ्यालुएसन कम्पनीलाई पूँजी आवश्यक रहेको समयमा कम्पनीको केही प्रतिशत सेयर बिक्री गरी आवश्यक पूँजी जम्मा गर्न कम्पनीको भ्यालुएसन गर्ने गरिन्छ । कम्पनीको भ्यालुएसन विभिन्न अधरहरुमा गर्ने गरिन्छ ।

कम्पनीको भ्यालुएसन पत्ता लगाउने प्रक्रियालाई अंकगणित भन्ने गरिन्छ तर यो कला हो, पछिल्लो समय कम्पनीहरु सञ्चालन र कम्पनीमा लगानी जुटाउने प्रक्रिया उच्च देखिन्छ। उद्यमशिलता प्रवर्धन तर्फ जोड दिँदा उद्यमीहरु रहेका समस्या समाधान गर्न विभिन्न योजना सहितका कम्पनी तथा उद्यामहरु सञ्चालनमा आएका छन्।

उद्यम सञ्चालनको केही समयपछि उद्यमलाई थप प्रवद्धन गर्न पूँजी आवश्यक पर्दछ जसका लागि उद्यमीहरु कम्पनीमा लगानी गर्ने इन्भेस्टरलाई कति मूल्यमा कति प्रतिशत सेयर/ इक्विटी दिन उपयुक्त हुन्छ भन्ने हिसाब गर्न उद्यमीहरुले आफ्नो कम्पनीको भ्यालुएसन पत्ता लगाउँछन्। 

कम्पनीको भ्यलुएसनका आधारहरू नाफा, सेल्स वा टर्नओभरको आधारमा गर्नुपर्छ भन्ने गलत बुझाइ रहेको छ । कम्पनीको भ्यालुएसन वर्तमानको तथ्याङ्कको आधारमा भविष्यमा कम्पनीको क्षमताको आधारमा तय गरिन्छ । विश्वव्यापी प्रक्रियालाई हर्ने हो भने कम्पनीको भ्यालुएसन सेल्स वा प्रोफिटलाई आधार नबनाईकिन गरेको पाइन्छ तर नेपाल जस्ता राष्ट्रहरूमा भ्यलुएसन प्रोफिट र सेल्सको तथा ब्यालेन्स शीटले प्राथमिकता पाउने गर्दछ। 

कम्पनीको भ्यलुएसन कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई न्यूनतम सेयरमा आवश्यक पूँजी लगानी गर्न विश्वस्त बनाउन प्रयोग गर्ने गर्दछ। उदाहरणको लागि एबीसी कम्पनीलाई थप प्रवर्द्धन गर्न ३ लाख पूँजी आवश्यक रहेको छ। उनीहरूले लगानी जुटाउन कति प्रतिशत सेयर दिई ३ लाख रुपैयाँको लगानी लिने तय गर्न भयालुएसनलाई आधार बनाउने गर्छन् । 

कम्पनीको भयालुएसन तय गर्दा कम्पनीको वित्तीय विवरणको हिसाब किताब जोडेर आउने डाटाको आधारमा तय हुँदैन तर एबीसी कम्पनीले आफ्नो भ्यालुएसन १ करोड आफै हिसाब गरी ३ लाख रुपैयाँ लिँदा ३०% इक्वीटी दिनुपर्ने हुन्छ तर सोही कम्पनीको लागि उनीहरूले १०% इक्विटीमा ३ लाख रुपैयाँको लगानी लिँदा कम्पनीको भ्यलुएसन ३ करोड हुन पुग्, यो प्रक्रिया कम्पनीको भ्यलुएसन पत्ता लगाउने सबैभन्दा प्रचलित प्रक्रिया हो। 

 दुई कम्पनीहरू वित्तीय रूपमा समान नाफा र सामान टर्नओभर रहेको खण्डमा कम्पनीको भ्यलुएसन फरक पर्न सक्छ (एउटाको १ करोड भने अर्काको ५ करोड)। विकशित राष्ट्रहरूमा कम्पनीको सेयर कम्पनीको भ्यलुएसन सानो हुँदा खरिद गरेर सेयरबजारमा जस्तै कम्पनी ठूलो हुँदा बेच्ने प्रचलन पाइन्छ र कम्पनीको भ्यालुएसन नाफा र टर्नओभर भन्दा कयौ गुणा बढीमा लगानी गरेका उदाहरणहरू प्रसस्त छन्। 

कम्पनीको भ्यालुएसनमा उद्यमी, टीम, सञ्जाल, युनिक, जोडिएका प्रयोगकर्ता, ट्रेन्ड र समय, आवश्यकता लगायतका कुराहरूले प्रभाव गर्दछ।

कम्पनीले लगानीको विभिन्न चरणमा आवश्यकता पर्दछ, सुरुवातमा आफ्नो सर्कल २. एन्जल इन्भेस्टर ३. भेन्चर क्यापिटल र अन्त्यमा आइपीओ । हरेक चरणमा विभिन्न तरिकाबाट कम्पनीको भ्यालुएसन गर्ने गर्दछन्।

आधारभूत विधि : कम आम्दानी भएका तथा सेल्स कम भएका कम्पनीको भ्यालुएसनमा यो विधि बढी प्रयोग हुने गर्दछ।  फण्डिङ मूल्य र इक्वीटी डाइलुसनको अनुपातको सय गुणा हुन आउँछ। 

कम्प्यारीजन विधि : कम्पनीले भ्यालुएसन समान प्राकृतिका कम्पनीको कुनै आधार लिई सोही सँग तुलना गरि कम्पनीको भ्यलुएसन पत्ता लगाउने गरिन्छ।

रेभेन्यू मल्टिपल विधि : यो विधि ६-१८ महिना आम्दानी गरेका कम्पनीहरुमा प्रयोग हुने गर्दछ। यो विधिमा कम्पनीले विगतको १ महिनामा गरेको सेल्सको आधारमा आगामी वर्षको प्रक्षेपण गरी निश्चित गुणाको हिसाबमा भ्यलुएसन तय गर्ने गरिन्छ।भ्यालुएसन २-५ गुणा सम्म लिने गर्छन। 

Berkus विधि : यो विधि अमेरिकामा प्रचलित छ। यसमा कम्पनीका विभिन्न कुराहरू जस्तै इडिया, प्रोटोटाइप, टिम, सञ्जाल, रेभेन्युको आधारमा प्रति प्लस पोइन्ट १००-१५० लाख मूल्य भ्यालुएसनमा थप्ने गर्छन् । 

डिस्काउन्ट क्यास फ्लो : यो विधि विशेषगरी ३ वर्ष बढी सञ्चालित कम्पनीमा हुने गर्दछ। यसमा कम्पनीको भ्यलुएसन कम्पनीको भविष्यको अपेक्षित क्यास फ्लोको आधारमा तय गर्ने गरिन्छ। 

बुक भ्यालु विधि : यो विधि ठूलो एसेट भएका कम्पनीमा प्रयोग गर्ने गर्दछ जसबाट कम्पनीको वित्तीय तथ्याङ्कको गणना हुन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको