Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको नाफा बढ्यो, ईपिएस ८६ रुपैयाँ

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०७ : ०६ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको नाफा बढ्यो, ईपिएस ८६ रुपैयाँ

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड १ लाख ७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ६७ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३.३२ प्रतिशतले बढेर २७ करोड ७८ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २४ करोड २१ लाख ५४ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा बढेर १२ करोड ७३ लाख ६७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ८८ लाख ११ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा २६ करोड ४६ लाख ८८ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा(एनपिएल) घटेर ४.३४ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ८८ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

62f1b778bad36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको