युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ ।
उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्था २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड २३ लाख ६९ हजार खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा २ करोड २७ लाख रुपैयाँ ऋणात्मक । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ लाख २ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १६.६८ प्रतिशतले घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ११ करोड ६ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड १५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) २ रुपैयाँ १९ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ९ पैसा रहेको छ । संस्थाको खराब कर्जा ६.३६ प्रतिशतबाट घटेर ५.७० प्रतिशत पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस