Like us!
Follow us!
Connect us!
Watch us!

ब्याज र संचालन आम्दानी बढ्दा पनि किन घट्यो युनिक नेपाल लघुवित्तको नाफा ?

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०७ : ५४ मा प्रकाशित

ब्याज र संचालन आम्दानी बढ्दा पनि किन घट्यो युनिक नेपाल लघुवित्तको नाफा ?

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । ब्याज र संचालन मुनाफा बढ्दा पनि संस्थाको खराब कर्जा र अन्य संचालन खर्चमा आएको बृद्धिले खुद मुनाफा प्रभावित हुन पुगेको हो ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७७.९३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा भने ७६० प्रतिशतले बढेर ९४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ लाख २ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ७३.२२ प्रतिशतले बढेर १२ करोड २५ लाख ४३ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ११ करोड ६ लाख र जगेडा कोषमा २७ करोड १ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६ रुपैयाँ ८७ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३६६ रुपैयाँ १७ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा ६.३६ प्रतितशबाट बढेर ७.३७ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको