Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको बिद्युत बिक्रि आम्दानी ७५ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०७ : ४२ मा प्रकाशित

अरुण काबेलीको बिद्युत बिक्रि आम्दानी ७५ करोड, अन्य अवस्था कस्तो ?

अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी २४ करोड ९५ लाख ४२ हजार रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा १३.८९ प्रतिशले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २८ करोड ९७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७५ करोड १० लाख ९९ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६.२८ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७० करोड ६७ लाख ६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २५ करोड ८० लाख ४३ हजार रुपैयाँ रहेको छ ।चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.४५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९१ पैसा पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको