Like us!
Follow us!
Connect us!
Watch us!

४४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको नाफा, बिद्युत बिक्रि आम्दानी १ अर्ब २३ करोड

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १० : ४९ मा प्रकाशित

४४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको नाफा, बिद्युत बिक्रि आम्दानी १ अर्ब २३ करोड

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ६१ करोड ११ लाख ११ हजार रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४४५.९४ प्रतिशले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ११ करोड १९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६३३.८२ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ करोड ८२ लाख १६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३१.०५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f1eb4da9705.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको