Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्त र जाल्पा लघुवित्तलाई तुलना गरेर हेर्दा, कुन सूचकमा कुन बलियाे ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ११ : १३ मा प्रकाशित

महिला लघुवित्त र जाल्पा लघुवित्तलाई तुलना गरेर हेर्दा, कुन सूचकमा कुन बलियाे ?

दाेश्राे बजारमा सूचिकृत महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै लगानीकर्ताहरूकाे चासाेमा पर्ने लघुवित्त हुन् । यी दुवै नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत नयाँ लघुवित्त र आर्थिक सूचकहरूका आधारमा पनि बलियो रहेका हुनाले यी दुई लघुवित्त लगानीकर्ताहरूको आकर्षणमा पर्ने गर्दछन् । 

दुवै लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आज हामीले यी दुई लघुवित्तको आर्थिक अवस्थालाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ । 

चुक्ता पूँजीको आधारमा

चुक्ता पूँजीको आधारमा जाल्पा सामुदायिक लघुवित्त महिला लघुवित्त भन्दा अगाडी छ । चाैथाे त्रैमाससम्म आइपुग्दा जाल्पा लघुवित्तको चुक्ता पूँजी१६ कराेड रूपैयाँ छ । यता महिला लघुवित्तको चुक्ता पूँजी भने १४ करोड ७५ लाख रूपैयाँ छ ।

जगेडा कोषको आधारमा

असार मसान्तसम्ममा जाल्पा सामुदायिक लघुवित्तको जगेडा कोषमा ४७ करोड २६ लाख ६६ हजार रुपैयाँ रुपैयाँ सञ्चित छ । यता महिला लघुवित्तको जगेडा कोषमा २९ करोड ८३ लाख ४० हजार रूपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि जाल्पा सामुदायिक लघुवित्त नै अब्बल छ । 

खुद नाफा

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोड ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफाकाे हिसाबले हेर्दा भने महिला लघुवित्त जाल्पा भन्दा अगाडि छ । 

खुद व्याज आम्दानी

जाल्पा सामुदायिक लघुवित्तले ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ करोड ८७ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो सूचकमा पनि जाल्पा सामुदायिक लघुवित्त अघि छ ।

सञ्चालन नाफा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा जाल्पा सामुदायिक लघुवित्तले ९ करोड ४६ लाख ९८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । सञ्चालन मुनाफाको आधारमा पनि जाल्पा सामुदायिक महिला लघुवित्त भन्दा अब्बल देखिएको छ । 

प्रतिसेयर आम्दानी 

असार मसान्तसम्म जाल्पा सामुदायिक लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ६१ रुपैयाँ ६६ पैसा पुगेको छ । यता महिला लघुवित्तको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ । ईपीएस भने महिला लघुवित्तकाे बढी छ । 

प्रतिसेयर नेटवर्थ

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म महिला लघुवित्तको प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा पुग्दा जाल्पा सामुदायिक लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ ७ पैसा पुगेकाे छ ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

समिक्षा अवधिमा महिला लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ भने जाल्पा सामुदायिक लघुवित्त मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ । 

खराब कर्जा (एनपिएल)

एनपिएल तुलना गर्दा जाल्पा सामुदायिक लघुवित्तकाे एनपिएल महिला लघुवित्तको भन्दा बढी देखिन्छ । महिला लघुवित्तको एनपिएल १.९१ प्रतिशत रहेको छ भने जाल्पा सामुदायिक लघुवित्तको एनपिएल २.३२ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको