Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांस ७५ % बाट १५ % मा संशोधन

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १० : ५३ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांस ७५ % बाट १५ % मा संशोधन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।  वैशाख २६ गते बसेको लघुवित्तको संञ्चालक समितिको बैठकले आफूले प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो ।

लघुवित्तले लाभांश संशोधन गरी स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको