Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरमा जाने सम्झौता

अर्थ संसार

बुधबार, १० साउन २०८०, १० : ५२ मा प्रकाशित

जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरमा जाने सम्झौता

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने सम्झौता भएको छ । 

यी दुई संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हिजो (साउन ९ गते, मंगलबारं) हस्ताक्षर गरिएको संस्थाले नेपाल स्टक एक्सचेञ्जमा सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

संस्थाले नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३(१) मा भएको व्यवस्था अनुसार संस्थाका आधारभुत शेयरधनीहरुको सोही निर्देहिकाको दफा ७ मा भएको व्यस्था अनुसार साधारण सभा सम्पन्न नभएसम्मका लागि सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन समेत अनुरोध गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको