Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १० : २२ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (जेठ २२ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि जेठ २३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज जेठ २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैथाे वार्षिक साधारण सभा असार ४ गते रुपन्देहीको द एसआर होटेलमा हुनेछ । 

सभामा संस्थाले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाइ १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै, यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको