Like us!
Follow us!
Connect us!
Watch us!

पुनरतालिकीकरणको व्यवस्थाले लघुवित्तको रिपोर्टमा सकारात्मक प्रभाव पार्ला : सीईओ, जाल्पा लघुवित्त

निशा हुमाँगाई

सोमबार, ०८ जेठ २०८०, १२ : ५८ मा प्रकाशित

पुनरतालिकीकरणको व्यवस्थाले लघुवित्तको रिपोर्टमा सकारात्मक प्रभाव पार्ला : सीईओ, जाल्पा लघुवित्त

नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे समिक्षा मार्फत् पुनरतालिकीकरणको व्यवस्था मिलाइने जानकारी दिएकाे छ । राष्ट्र बैंककाे समीक्षामा भनिएकाे छ 'वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ।'

तेश्राे त्रैमासमा अधिकांश लघुवित्तहरूकाे एकदमै नराम्राे वित्तीय विवरण सार्वजनिक भयाे । राष्ट्र बैंकले कर्जामा गरेकाे कडाइका कारण अधिकांश लघुवित्तकाे नाफामा भारी गिरावट देखिएकाे थियाे । तेश्राे त्रैमासमा लघुवित्तहरुको एनपीएल अर्थात् खराब कर्जा १ सय ३६ प्रतिशतसम्मले बढ्याे । जबकी एनपीएल ५ प्रतिशतभन्दा कम भएकाे राम्राे मानिन्छ । अब माैद्रिक नीतिमार्फत् राष्ट्र बैंकले गरेकाे कर्जा पुनरतालिकीकरणकाे व्यवस्थाले भने चाैथाे त्रैमासमा लघुवित्तहरूकाे रिपाेर्ट राम्राे आउने विशेषगरी एनपीएल सुध्रिने धेरैकाे प्रक्षेपण छ । 

कर्जामा पुनरतालिकीकरणकाे सुविधाले लघुवित्तहरूकाे वित्तीय विवरणमा कस्ताे प्रभाव पार्ला भन्ने बुझ्न हामीले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीमला योगीसँग कुरा गरेका छाैँ । 

कर्जामा पुनरतालिकीकरणकाे सुविधाले लघुवित्तहरूलाई भन्दा पनि विशेषगरी सदस्यहरूलाई सजिलो पार्ने गरी राष्ट्र बैंकले यो व्यवस्था गरेको उनले बताइन् ।यद्यपी याे व्यवस्थाले लघुवित्तहरूकाे वित्तीय विवरणमा पनि सकारात्मक प्रभाव पार्ने उनकाे अनुमान छ । उनले भनिन् , "जसको व्यवसाय डुबेको छ, जसले तत्कालै किस्ता तिर्न सकेका छैनन्, आम्दानीको श्रोत भन्दा किस्ता ठूलो भएको हिसाबले पनि कर्जाको पुनरतालिकीकरण गर्यो भने एक डेढदेखि दुई वर्षसम्म सानो सानो टुक्रा बनाएर किस्ता तिर्नलाई सदस्यहरूलाई सहज हुन्छ ।"

यो व्यवस्थाले लघुवित्तहरूको नाफामा खासै प्रभाव नपारेपनि एनपीएलमा केही फरक पार्ने उनी बताउँछिन् । लघुवित्तको कारोबार एकदमै कम भइरहेको र सदस्यहरूले किस्ता तिर्न नसकेका अहिलेको अवस्थामा लघुवित्तहरू यो व्यवस्थाले गर्दा नै नाफामा जान्छन् भनेर यकिन गर्न नसकिने उनको तर्क छ । नाफामा नभएपनि एनपीएलमा चाहीँ केही फरक हुने उनले बताइन् ।

"चौथो त्रैमासको रिपोर्टमा धेरै लसमा जाने लघुवित्तहरूलाई त यो व्यवस्थाले खासै प्रभाव नपार्ला किनकी अब एक डेढ महिना मात्रै बाँकी छ ।", उनले भनिन्, "तर धेरै लसमा नजाने लघुवित्तहरूलाई भने सकारात्मक प्रभाव नै पार्ला । अहिलेको तुलनामा केही सुध्रिएला भन्ने अनुमान गर्न सकिन्छ ।" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको