Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेसँगै घट्याे काराेबार रकम, बिक्रेता हावी हुँदा भारी गिरावट

नेप्से

मंगलबार, २४ साउन २०७९, १५ : ०६ मा प्रकाशित

नेप्सेसँगै घट्याे काराेबार रकम, बिक्रेता हावी हुँदा भारी गिरावट

आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे जानकारहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा झरेकाे छ । नेप्से २.१६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले घटेर ३९६.४२ विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीकाे ६६ लाख ४६ हजार ३६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै अन्य समूह घटेकाे छ ।

त्यसैगरी, मंगलबार नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ । काेषकाे १५ कराेड १० लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ । 

यस दिन गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.२७ प्रतिशतले घटेर ९ सय ६९ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको