Like us!
Follow us!
Connect us!
Watch us!

४/१२ को सेटलमेन्ट बाँकी छैन, शिवम् सिमेन्ट्बाट मार्केटको पैसा बाहिरिएको आशंका

लोकेन्द्र ढकाल

बुधबार, २५ साउन २०७९, १० : ५४ मा प्रकाशित

४/१२ को सेटलमेन्ट बाँकी छैन, शिवम् सिमेन्ट्बाट मार्केटको पैसा बाहिरिएको आशंका

शेयर बजारमा अहिले गिरावट आइरहेको छ । गिरावट आउनुमा ४/१२ को बाँकी सेटलमेन्ट गर्ने समय सीमा भदौ ८ गते लाई बजारले पर्खेको भनेर बजारमा कृतिम हल्ला फिजाइएको छ । तर ४/१२ को सेटलमेन्ट केही करोड बाहेक बजारमा धेरै बाँकी नरहेको बताइन्छ ।

सेयर बजारमा ठूलो मात्रामा मार्जिन ल्याण्डिङ्ग लिएर कारोबार गर्ने लगानीकर्ताहरु यसलाई स्विकार्दैनन् । ठूला लगानीकर्ताहरूसँग हामीले बुझ्न खाेज्दा उनीहरूले यसलाई स्विकारेनन् ।

हामीले नेपाल राष्ट्र बैंक, नबिल बैंक तथा एनआइसी एशिया बैंकमा पनि बुझ्ने प्रयास गरेका थियौं, उनीहरुले पनि ठूलो मात्राको मार्जिन लोन आफनो बैंकमा बाँकी नरहेको बताए । लगानीकर्ताहरुले अधिकांश ४/१२ को सेटलमेन्टहरु सकिसकेको र केही २०/३० करोड बाँकी हुनु भनेको यत्रो पूँजी बजारमा सामान्य कुरा हो भन्दै वास्तविकता बरु अर्कै रहेको खुलासा गरे । उनीहरुले  शिवम् सिमेन्ट्को संस्थागत लगानीकर्ताले लकिङ खुलेपश्चात बेचेको सेयरको पैसा बजारबाट बाहिरीएको आशंकाले बजारमा चुनौती थपिएको बताए । 

उनीहरु भन्छन्, ‘हाम्रो अनुमानमा अहिलेसम्म करिव २ सय करोड रुपैयाँ बजारबाट बाहिरीएको छ, जुन शिवम् सिमेन्ट्का संस्थापक शेयरधनीले बेचेको पैसा बजारमा फर्किएर आउने–नआउने टुङ्गो छैन ।’ उनीहरुले बजार घट्नुमा शिवम् सिमेन्ट्बाट ठूलो मात्रामा पैसा बाहिरीनु, भदौ महिनाको ब्याजदर बढ्ने या नबढ्ने निक्योल नहुनु, नबिल बैंकले बङ्गलादेश बैंकलाई पाप्ति प्रश्चात नबिल बैंकमा नेपाल बङ्गलादेश बैकको थपिएको सेयर लिस्टीङ हुनु, नेपाल दुरसञ्चार प्राधिकरणको बोनस सेयर लिस्टीङ हुँदा बजारमा सेलिङ प्रेसर आउने पूर्वानुमान लगायतले बजारमा गिरावट आएको बताउँछन् । सेयर बजार धेरै घटिसकेको, अब आउने समय चुनाव, बोनसको सिजन, अर्थतन्त्रमा क्रमिकरुपमा आइरहेको सुधार आदी कारणले बजार, सेयर बजारमैत्री भएकाले थप तल जानु पर्ने कुनै कारण नभएको उनीहरु बताए ।

नेपाल राष्ट्र बैंकले मौद्रित नीतिको सर्कुलरको बुँदा न १२ मा भनिएको छ, सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नविकरण गर्दा उक्त सीमा ननाघेका यकिन गरेर मात्र कर्जा प्रवाह वा नविकरण गर्नु पर्नेछ । सर्कुलरमा तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नविकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ, भनेर भनिएको छ । यस सम्बन्धम अग्रज लगानीकर्ता उपेन्द पाठक भन्छन,  भदौ ८ गतेसम्म मार्जिन कर्जा १२ करोडको सीमामा ल्याउनु पर्ने र यदि ल्याउन नसकेमा सत प्रतिशत प्रोभिजन गर्नुपर्ने भएपनि त्यो तत्कालै नगरेर पहिलो त्रैमासिक अर्थात असोज पछि मात्र प्रोभिजन गर्नूपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको