Like us!
Follow us!
Connect us!
Watch us!

सीएनआई रोजगार तथा सीप मेला कार्तिक १७ गतेदेखि हुने

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १२ : १९ मा प्रकाशित

सीएनआई रोजगार तथा सीप मेला कार्तिक १७ गतेदेखि हुने

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्यकता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । 

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ (CNI JOBS AND SKILLS FAIR 2022) आयोजना गर्न लागिएको छ ।   

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ ।  

आगामी कार्तिक १७ देखि २० गते (3rd November to 6th November 2022) सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने सिएनआई रोजगार तथा सीप मेला २०७९ बाट आउने सम्भावित उपलब्धी यस प्रकार छन्ः

- बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने । 

- सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने ।  

- नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने ।  

मेलाको आकर्षणहरु :

- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता,

- सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल ,

- सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती,

- आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क/छलफल गर्न सकिने ।

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागी हुने अपेक्षा गरिएकाे छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएकाे सिएनआईले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको