Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमालेको माग

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १४ : ०३ मा प्रकाशित

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमालेको माग

एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए । 

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ बिमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको