Like us!
Follow us!
Connect us!
Watch us!
विदेशी लगानी नीति एकदमै जरूरी

"हचुवाको भरमा नीति ल्याउनु सेबोनको कमजोरी, बुक बिल्डिङ जबर्जस्ती लाद्न खोजिँदैछ"

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १४ : १५ मा प्रकाशित

"हचुवाको भरमा नीति ल्याउनु सेबोनको कमजोरी, बुक बिल्डिङ जबर्जस्ती लाद्न खोजिँदैछ"

स्वतन्त्र पूँजी बजार सुधार संघले धिताेपत्र बाेर्डकाे नीति सम्बन्धी विषयका बारेमा एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । 

धितोपत्र बोर्डले बेला बेलामा औचित्यहिन र आधारहिन नीति निर्माण गरेर आम लगानिकर्तालाई थप जोखिममा पार्न खोजिरहेको कुरा स्पष्ट नै रहेकाे संघकाे तर्क छ ।

नीति निर्माण जस्तो विषयलाई प्राथमिकताका आधारमा विश्लेषण नगरी हचुवाको भरमा अदुरदर्शी नीति ल्याउन अग्रशर हुने धितोपत्र बोर्डको अर्को ठूलो कमजोरी देखिएकाे संघद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बुक बिल्डिङ जबर्जस्ती लाद्न खोजिँदै गरेकाे संघकाे धारणा छ । संघले विज्ञप्तिमा भनेकाे छ, "हालै धितोपत्र बोर्ड FDI - (Foreign Direct Investment) FPI - Foreign Portfolio Investment र FII - Foreign Institutional Investors जस्ता बृहत एवं ठूलो सम्भावना भएका विषयहरुलाई पुर्ण बेवास्ता गरि Book Building को माध्यम बाट IPO जारी गर्ने दिशा तर्फ अग्रशर हुँदै गरेको देखिन्छ ! आम लगानीकर्ता हरुलाई Book Building को अर्थसम्म थाहा नभएको अवस्थामा बोर्डले शेयर शिक्षा र हाम्रो जस्तो विकासशील मुलुकमा बिना कुनै पुर्वाधार Book Building को आवश्यकता , Book Building ले निम्त्याउने जोखिम जस्ता बिषयमा न्युनतम सचेतना सम्म नदिई, Book Building बाट लगानीकर्तालाई पर्न सक्ने प्रभाव सम्मका बिषय मा खोज र अध्ययन सम्म नगरी Book Building जबर्जस्ति लाद्र खोजिएको जस्तो देखिन्छ ! आजको यो अवस्था सम्ममा पुगेको नेपालको शेयर बजारको पहिलो आवस्यकता भनेको Foreign Investment Policy हो र तत्पश्चात मात्रै औचित्य र जोखिम भार हेरेर यस्ता अन्य बिषयहरुमा धितोपत्र बोर्डको ध्यान जानु पर्ने देखिन्छ !"

"ठुला घरानालाई पोस्ने र स साना बाट चुस्ने अनैतिक उद्देश्यले बिना कुनै सतर्कता पुर्वक ल्याउन खोजिएको यो नितिलाई तत्कालको लागि रोक्न हुन यहि प्रेस विज्ञप्ति मार्फत जानकारी गरांउन चाहान्छौं र यस्तो संवेदनशिल विषयलाई बेवास्ता गरि Book Building प्रणाली ल्याईयो र कुनै अमुक Fake कम्पनीले व्यावसाय नै नगरी आम लगानिकर्ताको लगानी को दुरुपयोग गरि भाग्ने अवस्था आयो भने त्यसको पुर्ण जिम्मेवार नेपाल धितोपत्र बोर्ड रहनु पर्छ भनी चेतावनी समेत दिन चाहान्छौ!", विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको