Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य गिरावट, लगानीकर्ता गुड न्यूज पर्खँदै

नेप्से

बुधबार, २५ साउन २०७९, १५ : ११ मा प्रकाशित

नेप्सेमा सामान्य गिरावट, लगानीकर्ता गुड न्यूज पर्खँदै

आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ । अहिलेकाे अवस्थामा लगानीकर्ताहरू गुड न्यूजकाे पर्खाइमा बसेका देखिन्छ ।

यतिबेला सेयर बजार प्रभावित हुने समाचारहरू मात्रै सार्वजनिक भएका छन् । जस्तै : बैंकिङ्ग प्रणालीमा निक्षेप घट्नु, ब्याजदर बढ्ने हल्ला, नेपाल टेलिकमकाे बाेनस सूचिकृत आदि । नेगेटिभ न्यूजले मात्रै आजित बनेका लगानीकर्ताहरू यतिबेला बजारका लागि गुड न्यूज पर्खँदै छन् । याे समय सेयर बजारका लागि राम्राे समय हाे । अब केही समयपछि सूचिकृत कम्पनीहरूले धमाधम लाभांश घाेषणा गर्न थाल्नेछन् । त्यसैले, अहिले सेयर किन्ने उत्तम अवसर पनि हुनसक्ने केही जानकारहरूकाे तर्क छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.११ अंकले घटेर १०५७.६८ विन्दुमा पुगेकाे छ । नेप्से ०.२५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६९ अंकले घटेर ३ सय ९५ रूपैयाँ ७४ पैसामा झरेकाे छ । 

कूल २१८ वटा कम्पनीकाे ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ । उत्पादन तथा प्रशाेधन र लगानी समूह बढेकाे हाे । 

त्यसैगरी, बुधबार नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ । काेषकाे १० कराेड ६८ लाख ७९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय ३ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ५९ रूपैयाँ ५० पैसामा झरेकाे छ । मर्जरका कारण रोक्का रहेको एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको सेयर कारोबार आजैबाट सुरू भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको