Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १४ : ५७ मा प्रकाशित

विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ ।

घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे । बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।
 
सीइबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।
 
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको