Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो यात्रामै, किन बढेन लगानीकर्ताकाे मनाेबल ?

नेप्से

विहीबार, २६ साउन २०७९, १५ : १५ मा प्रकाशित

नेप्से ओरालो यात्रामै, किन बढेन लगानीकर्ताकाे मनाेबल ?

आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ । बजार यसरी दिनहुँ घट्न थालेपछि लगानीकर्ताहरूकाे मनाेबल पनि घटेकाे छ । 

भदौदेखि ब्याजदर बढ्ला की नबढ्ला भन्ने अन्यौलताले गर्दा यतिबेला लगानीकर्ताहरूले ठोस निर्णय लिन सकेका छैनन् । यता नेपाल दुरसञ्चार कम्पनीको बोनस सूचिकृत भएपछि अब एनटीसीको ठूलो सप्लाई आउँदा बजार प्रभावित हुनसक्ने आँकलन पनि केही लगानीकर्ताहरूको छ । यस्तो अवस्थामा बजारमा लगानीकर्ताहरूले अब के गर्ने भन्ने रणनीति बनाउन सकिरहेका छैनन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले घटेर ३ सय ९१ रूपैयाँ ६६ पैसामा झरेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेष बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड २७ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ३३ रूपैयाँ ६० पैसा पुगेकाे छ । यस्तै, अपर हेवाखाेला हाइड्राेकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर एक सय ४३ रूपैयाँ २० पैसा पुगेकाे छ ।

यस दिन युनिलिभर नेपालकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले घटेर १८ हजार ९ सय ५ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको