स्वतन्त्र पूँजी बजार सुधार संघले प्रस्तावित ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको र सो प्रस्ताव मन्त्रिपरिषदबाट पास नगरी विभिन्न बहाना र आर्थिक चलखेल गर्दै कानुन मन्त्रालयमा पठाएको भन्दै आपत्ति जनाएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सरकारले तत्काल नियमावली अभिलम्ब पारित गर्न ध्यानाकर्षण गरेका छन्। विज्ञप्तीमा पूँजी बजारमा देखिएको समस्याहरुको समाधानका लागि विभिन्न आन्दोलन र त्यस उपर सहमति गरे अनुरुप समाधानको बाटोमा राज्य पक्षले लागु पर्नेमा राज्य आफैले गरेको सहमति विपरित लगानीकर्ताको मागलाई धोका दिदै आएको आरोप संघले लगाएको छ।
पूँजी बजारको विकास र स्थायित्वको लागी संघले निरन्तर आफ्नो तर्फबाट आवश्यक सहयोगसहितका खबरदारी कार्यक्रम जारी राख्ने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस