Like us!
Follow us!
Connect us!
Watch us!

२८ प्रतिशतले बढ्यो शिखर इन्स्योरेन्सको खुद मुनाफा, बिमा शूल्क १ अर्ब ३९ करोड

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०७ : २४ मा प्रकाशित

२८ प्रतिशतले बढ्यो शिखर इन्स्योरेन्सको खुद मुनाफा, बिमा शूल्क १ अर्ब ३९ करोड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २८.९३ प्रतिशतले बढेर ४० करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क १८.२० प्रतिशतले बढेर १ अर्ब ३९ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब १७ करोड ३८ लाख २० हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा ७० करोड ९७ लाख ९५ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको