Like us!
Follow us!
Connect us!
Watch us!

१६ प्रतिशतले बढ्यो चिलिमे जलबिद्युतको नाफा, बिद्युत बिक्रि आम्दानी १ अर्ब १८ करोड

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १० : ३७ मा प्रकाशित

१६ प्रतिशतले बढ्यो चिलिमे जलबिद्युतको नाफा, बिद्युत बिक्रि आम्दानी १ अर्ब १८ करोड

चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिद्युत बिक्रि आम्दानी बढेसंगै कम्पनीको नाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १६ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६६ करोड ६१ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४.७५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १२ करोड ८० लाख ५२ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ्सको आकार ३ अर्ब ६४ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.२६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f9d1f8a3b16.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको