Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोको वित्तीय चिरफार : नाफा ७.९२ प्रतिशतले घट्याे,  ईपीएस ९ रुपैयाँ ४७ पैसामा झर्याे

अर्थ संसार

सोमबार, २९ साउन २०८०, ११ : १२ मा प्रकाशित

चिलिमे हाइड्रोको वित्तीय चिरफार : नाफा ७.९२ प्रतिशतले घट्याे,  ईपीएस ९ रुपैयाँ ४७ पैसामा झर्याे

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म कम्पनीले ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ७.९२ प्रतिशतले थाेरै हाे । अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

विद्युत बिक्री आम्दानी

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ४.४९ प्रतिशतले थाेरै हाे । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो। 

सञ्चालन मुनाफा

चौथो त्रैमासमा कम्पनीको सञ्चालन नाफा पनि  ९.३५ प्रतिशतले घटेर ७० करोड ७ लाख ९४ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले ७७ करोड ३० लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चुक्ता पुँजी 

कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९ रुपैयाँ ५७ पैसामा झरेकाे छ। अघिल्लो वर्ष ईपीएस ११ रुपैयाँ १७ पैसा रहेकाे थियो। 

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको